Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घटना गुपचुपः वाईसीएल अध्यक्षले फोडे एम्बुलेन्स


१, असार २०८०
  • 97
    SHARES
  • घटना गुपचुपः वाईसीएल अध्यक्षले फोडे एम्बुलेन्स

    सुर्खेत । १७ चैत २०७९ मा जाजरकोटमा नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल जाजरकोटका अध्यक्ष यज्ञराज बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरे । जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ बस्ने वर्ष २७ का बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेका हुन् ।

    संघीय सरकारका ऊर्जा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतका दाइका छोरा बस्नेतले नगरपालिकामा पार्किङ गरेर राखेको कर्णाली प्रदेश ०२००१ झ ०११७ नम्बरको एम्बुलेन्सको सिसा फुटालेको थिए । १७ चैतको राति करिब ८ बजे भेरी नगरपालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स तोडफोड भेरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण जैसीले बताए ।

    भेरी नगरकार्यपालिकाको बैठक संचालन भइरहेको समयमा बाहिर ठेक्कासम्बन्धी केही व्यक्तिहरुको विवाद गर्दै बस्नेतले एम्बुलेन्स तोडफोड गरेका थिए । बिरामी पुर्‍याएर फर्किएको पार्किङका लागि राखेको एम्बुलेन्सको सिसा फुटेको थियो । सार्वजनिक सम्पत्तिमा तोडफोड भएको भन्दै तत्काल बस्नेतलाई आवश्यक क्षतिपूर्ति तिर्न नगरपालिकाले कागज गराएको थियो । जानाजान सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याउने उद्देश्य आफ्नो नरहेको बस्नेतले स्वीकार गरेका थिए ।

    भुलवस अन्जानमा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै बस्नेतले क्षमा मागेका थिए । आफ्नो कारणले एम्बुलेन्समा भएको क्षतिबापतको रकम तिर्न आफू तयार रहेको समेत बताएका थिए । घटना भएको तीन महिना बितिसक्दा पनि उनले क्षतिपूर्तिबापत पैसा तिरे नतिरेको कसैलाई पनि जानकारी छैन । यता नगरपालिकाले भने उनले पैसा तिरिसकेको भने दाबी गरेको छ ।

    भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीले वाईसीएल जाजरकोटका अध्यक्ष बस्नेतले नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेको आफूलाई जानकारी भएको र क्षतिपुर्तिबापत रकम तिरेको भने कुनै पनि जानकारी नभएको बताए । उनले रकम तिर्छु भनि कागज गरेको तर आफुलाई पैसा तिरेको कुनै पनि जानकारी नभएको उनले बताए ।

    ‘एम्बुलेन्स तोडफोड गरेको स्वीकार गर्दै पैसा तिर्छु भनी कागजसमेत गर्नुभएको थियो’ उनले भने, ‘तर के गर्नुभयो त्यो मलाई केही जानकारी भएन्, एम्बुलेन्स मर्मत भइसक्यो सायद तिर्नुभयो होला । यस्तै नगरपालिका राजश्व शाखा प्रमुख प्रकाश बटालाले पनि पैसा तिरे नतिरेको आफूलाई कुनै पनि जानकारी नभएको बताए ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend