Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सन्दीपको मुद्दा न्यायाधीशद्धय निरौला र कोइरालाको संयुक्त इजलासमा


२३, चैत २०८०
  • 136
    SHARES
  • सन्दीपको मुद्दा न्यायाधीशद्धय निरौला र कोइरालाको संयुक्त इजलासमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै दायर गरेको रिट उच्च अदालत पाटनमा आज सुनुवाई हुँदैछ । 

    रिट सुनुवाईका लागि उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा पेशी परेको छ ।

    परिवर्तित नाम गौशाला २६ ले दायर गरेको जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो । उनले उच्च अदालतमा सो फैसला बदरको माग गरेका छन् ।

    यता गौशाला २६ पक्षपनि उनलाई काठमाडौं जिल्ला अदालतले तोकेको सजाय कम भएको र पीडित नाबालिगनै रहेको दाबी गर्दै उच्चमा पुगेको छ ।

    सो निवेदनमा पनि आजै छलफल हुनेछ । परिवर्तित नाम गौशाला २६ ले आफूलाई नावालिग रहेको दाबी गरेपनि जिल्ला अदालतले भने उनी बालिग रहेको ठहर गरेको थियो ।

  • सत्ता बदलिन्छ, प्रहरीको निष्ठा बदलिँदैन : कार्की प्रकरणले उठायो सुशासनमाथि प्रश्न

    राजनीतिक आदेशभन्दा माथि कानुन हुनुपर्ने प्रहरी संगठनमा नेतृत्व परिवर्तनको विवाद; प्रहरीको व्यावसायिक स्वतन्त्रता, सरकारको जवाफदेहिता

  • आईजीपीबाट हटाइएका कार्कीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै’

    काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको

  • अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर विषय हो, चुहावटको पनि छानबिन होस् : साम्सद पन्थी

    काठमाडौं । हिरासतमा रहेका अभियुक्त इनम सापकोटाको बयान सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, प्रमाणको सुरक्षा र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend