काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक बर्षको बजेटमा प्रतिपक्षीको मात्रै नभइ सत्तापक्षका केहि सांसदहरुको समेत असहमति रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलका क्रममा बोल्दै लिङदेनले बजेटका बिषयमा केहि सत्ता पक्ष सांसदहरुको प्रतिपक्षीको भन्दा पनि बढि रुवाबासी देखिएको जिकिर गरे ।
उनले बजेट बनाउदा देखिएको प्रवृतिले अहिलेको व्यवस्थालाई नै कमजोर बनाउने धारणा राखे । अध्यक्ष लिङदेनले बाटोका लागि छुट्याइएको रकम एक लाख दुई भए पनि हुने प्रवृति देखिएको भन्दै यस्तो कनिका छर्ने बुद्धि र ज्ञान मन्त्रीहरुलाई कसले दियो ? भन्दै प्रश्न गरे ।
लिङदेनले अहिलेको प्रवृतिलाई सुधार गर्ने कुनै संकेत नदेखिएको र कुनै आवरणले ढाकछोप गरेर नहुने उल्लेख गरे ।