Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकामा भूमे नाच सुरु


२, असार २०८०
  • 812
    SHARES
  • परिवर्तन गाउँपालिकामा भूमे नाच सुरु

    रोल्पा। भूमिलाई पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भूम्या हो।प्राकृतिक विपत्ति नआओस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूम्या पर्व मनाउने प्रचलन छ। सोही अवसरमा परिवर्तन गाउँपालिका-१ कुरेलीमा सुरु भएको हो।

    युनिटी युवा क्लब परिवर्तन गाउँपालिका-१ कुरेली रोल्पाको पह्लमा र भूमे संरक्षण समिति परिवर्तन गाउँपालिका-१ कुरेलीको आयोजना आज देखि ३ गतेसम्म भूमे नाच कार्यक्रमको आयोजना गरिएको बताइएको छ।"संस्कार संस्कृति र खेलकुद राष्ट्रको सान,विविधतायुक्त समाज र भाषा हाम्रो पहिचान"भन्ने मुल नाराको साथ सुरु भएको भूमे मेलाको अध्यक्षता भूमे संरक्षण समितिका अध्यक्ष बम बहादुर पुनको रहेको थियो।

    कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका पूर्व समन्वय प्रमुख तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य र नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला इन्चार्ज राज बहादुर बुढा मगरको प्रमुख आतिथ्यता तथा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको विशिष्ट आतिथ्यतामा भूमे पर्व कार्यक्रमको उद्घाटन भएको हो।भूमे संरक्षण समितिका सदस्य हित कुमारी बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको भूमे उद्घाटन कार्यक्रममा जनप्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न भूमे नाच समूह लगायतको सहभागिता रहेको थियो।

    received_1296684344610009.jpeg

    कार्यक्रमको सञ्चालन भूमे संरक्षण समितिका सदस्य तेकेन्द्र रोका मगरले गर्नुभएको थियो।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परिवर्तन गाउँपालिका-१ कुरेली मौलिक कला संस्कृतिको खानी भएको बताउनुभयो।उहाँले परिवर्तन गाउँपालिकाको अन्य वडामा भूमे नाच नभएको र परिवर्तन गाउँपालिका-१ कुरेली मात्र भूमे नाचलाई संरक्षण र प्रवर्द्धन गरिएको समेत बताउनुभयो।साथै भूमेको पुजा गरेर मनाउने र प्राकृतिकमा कुनै पनि मानवीय क्षति नहोस् भनेर पुजा गरि मगर समुदायले मनाउने यो पर्वमा देखाउने कलालाई अबको पुस्तालाई हस्तान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो।

    परिवर्तन गाउँपालिका लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानले केही दिन अगाडि मात्र लोप हुन लागेको कला संस्कृतिहरुलाई संरक्षण गर्नुपर्छ भनेर परिवर्तन गाउँपालिका भित्रका क्रियाशिल राजनीतिक दलहरूसँग बृहत छलफल गरि निष्कर्ष र सहकार्य अगाडि बढेको बताउनुभयो।हिजो मात्र बसेको परिवर्तन गाउँपालिका लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानको बैठकले भूमे कार्यक्रम गर्नका लागि ५० हजार रकम दिने निर्णय गरेको समेत बताउनुभयो।

    जिल्ला समन्वय समिति रोल्पा पूर्व प्रमुख तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य र नेकपा माओवादी केन्द्र रोल्पाका इन्चार्ज राज बहादुर बुढा मगरले भूमे पर्व कार्यक्रमको उद्घाटन गर्दै मानव सभ्यता सुरु भएसँगै प्राकृतिक पुजक भएकोले मानवले जमिनलाई पुजा गर्दै आएको समेत बताउनुभयो।जुन युग देखि मानव सभ्यताको निर्माण भयो त्यहीँ युग देखि मानव समुदायले प्राकृतिक पुजक अन्तर्गत भूमिलाई पुजाआजा गर्ने विश्वास गर्ने र प्राकृतिक रूपमा आपत्त विपत्त नआओस् भनी गरिने पुजा भूमे भएको बताउनुभयो।

    भूमे पर्वलाई मगर समुदायले ठूलो पर्वको रूपमा मनाउने भएकोले भूमिको पुजा गरि आफ्नै मौलिक भेष भुषामा सजिएर असार १ गतेदेखि ५ गतेसम्म बाँजागाँजा सहित नाच्ने र रमाइलो गरेर मनाउने गर्ने गरेको बताउनुभयो।

    कालो चोलीमा,रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह,ट्याम्की,छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूमे नाच।

    received_637501528295915.jpeg

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend