Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खानेपानी सचिव आचार्यसहित ३ जनालाई कारबाही गर्न अख्तियारलाई पत्र


२७, चैत २०८०
  • 221
    SHARES
  • खानेपानी सचिव आचार्यसहित ३ जनालाई कारबाही गर्न अख्तियारलाई पत्र

    काठमाडौँ । कूटनीतिक राहदानी दुरुपयोगमा दोषी देखिएको भन्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई कारबाहीको सिफारिस भएको छ । 

    राष्ट्रिय सतर्कता केन्द्रले यसै साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेख्दै कूटनीतिक राहदानी दुरुपयोगमा सचिव आर्चाय दोषी देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको हो । 

    केन्द्रले राहदानी दुरुपयोग कसुरमा कारबाही गर्न पत्राचार गरेको जनाएको छ । आचार्य बिदामा बसेका बेला कूटनीतिक राहदानीको दुरुपयोग गरी मन्त्रालयको नेतृत्व गर्दै भारत भ्रमणमा गएका थिए ।

    सम्बन्धित समाचार : खानेपानी मन्त्रालयका सचिव आचार्यबाट कूटनीतिक राहदानी दुरुपयोग, अघि बढ्यो अनुसन्धान

    सतर्कता केन्द्रका अधिकारीले भने, ‘हाम्रो अनुसन्धानमा तीन जना दोषी देखियो । रातो पासपोर्ट दुरुपयोगमा कारबाहीका लागि अख्तियारलाई पत्र पठाएका छौँ ।’ केन्द्रले आचार्यसहित तीन जनालाई कारबाही गर्न पत्राचार गरेको हो । केन्द्रले सचिव आचार्यसँगै पूर्वखानेपानी मन्त्री महिन्द्र यादवका छोरा सुनिल अधिकारी यादव र सीडीई देवेन्द्र झालाई कारबाहीको लागि सिफारिस गरेको हो । केन्द्रका सचिव रामआधार साहको सचिव स्तरीय निर्णयअनुसार आवश्यक कारबाही गर्न आयोगलाई पत्राचार भएको हो ।

    मन्त्रिपरिषद्को निर्णयबेगर कूटनीतिक राहदानी दुरुपयोग गरेर सचिव आचार्य अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागी भएका थिए । गत माघ ४ देखि ६ गतेसम्म युएन ह्याबिट्याटको संयोजन तथा भारतको ओडिसा प्रान्तीय सरकारको आयोजनामा भएको ‘इन्क्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ नामको सरसफाइ तथा शहरी रूपान्तरण सम्बन्धी कार्यक्रममा उनीहरू सहभागी भएका थिए ।

    सम्बन्धित समाचार : मन्त्रिपरिषद्को निर्णयबिनै विदेश भ्रमण गएका सचिवमाथि अनुसन्धान हुँदै, राहदानी प्रयोग र हाजिरी माग

    खानेपानी सचिव आचार्य मन्त्रिपरिषद्को निर्णयबिनै विदेश भ्रमण गएको र उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको विषयमा यसअघि प्रशासनले समाचार प्रकाशित गरेको थियो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend