Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तिलोत्तमामा खुल्दै तीनतारे होटेल मोनामो प्यालेस


२६, वैशाख २०८०
  • 119
    SHARES
  • तिलोत्तमामा खुल्दै तीनतारे होटेल मोनामो प्यालेस

    बुटवल । हस्पिटालिटी क्षेत्रमा नेपालमै नौलोपन दिने गरी तिलोत्तमामा ५० करोड लगानीमा तीनतारे होटेल मोनामो प्यालेस सञ्चालनमा आउन लागेको छ । भलबारीबाट पश्चिम–दक्षिण पुरानो सडकमा १५ कठ्ठा क्षेत्रफलमा मोनामो प्यालेस निर्माणको अन्तिम चरणमा रहेको छ । यो होटेलको मुख्य आकर्षण र विशेषता पानी पोखरीमाथि २५० जना क्षमताको रेष्टुरेन्ट र भिल्लाहरु हुन् ।

    होटेलको अर्को विशेषता गर्मी याममा पूर्ण शितलताको अनुभूति दिलाउन होटेल परिसरको ६० प्रतिशत भागमा पानी पोखरी र आकर्षक एक दर्जन वाटर फाउन्टेनहरु हुने छन् । वाटर फाउन्टेनहरु म्युजिकल हुने छन् । हालसम्म नेपालका तारे होटेलमा ठूलो क्षेत्रफलमा पानी पोखरी, वाटर फाउन्टेनहरु र त्यसमाथि ठूलो क्षमताको रेष्टुरेन्ट र भिल्लाहरु बनेका छैनन् । होटेललाई हरियालीयुक्त बनाउन ग्रिनरीमा समेत फोकस गरिएको छ ।

    होटेलमा एक्जुकेटिभ स्वीट रुम, सुपर डिलक्स र डिलक्स गरी ४० वटा रुमहरु तथा ६० जना क्षमताका ३ वटा प्राइभेट डाइनिङ रुम, कन्फेरेन्स हल, ओपन र कभर्ड रेष्टुरेन्ट लगायतका संरचना रहने होटेलका जनरल म्यानेजर सागर घिमिरेले बताए । होटेलले बुटवल र भैरहवाका होटेलले हालसम्म दिन नसकेका खानाका परिकार पनि पर्यटकलाई पस्कने तयारी गरेको छ । नेपाली, इण्डियन, कन्टिनेन्टल, अरबी, टर्किस सहित कम्तीमा १० देशका खानाका परिकार, आफ्नै ब्राण्डको बेकरी र क्याफे पनि सञ्चालन हुने जनरल म्यानेजर घिमिरेले जानकारी दिए ।

    एक महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणको निर्माणको काम तीब्र पारिएको होटेलका सञ्चालक विष्णु भुसालले बताए । आन्तरिक र खासगरी भारतको गोरखपुर र लखनउका पर्यटकलाई लक्षित गरेर नेपालमै नौलोपनको तारे होटेलमा लगानी गरेको भुसालले बताए । दोस्रो चरणमा थप एक अर्ब लगानीमा थप ६० वटा कोठा, क्यासिनो,२ हजार जना क्षमताको बैंक्वेट हल, स्वीमिङ पुल र विद्युतीय गाडीको लागि चार्जिङ स्टेशन बनाउने तयारी रहेको सञ्चालक भुसालले बताए ।

     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend