Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गोकर्ण विष्ट भनेः बर्तमान सरकारबाट जनताले धेरै अपेक्षा राख्नु, गोरु ब्याउँने जस्तै हो


२, असार २०८०
  • 233
    SHARES
  • गोकर्ण विष्ट भनेः बर्तमान सरकारबाट जनताले धेरै अपेक्षा राख्नु, गोरु ब्याउँने जस्तै हो

    पोखरा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान गठबन्धन सरकार लामो समय टिक्न नहुने बताएका छन्। सरकारको कार्यशैली र दिइरहेको सेवा हेर्दा सरकार लामो समय टिक्न नहुने उनको तर्क छ। शनिबार प्रेस चौतारी गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा एमाले सचिव विष्टले भने, ‘यो सरकार जति लामो समय चल्छ त्यति नै देशको अधोगति हुन्छ । त्यति नै देशको प्रगति रोकिन्छ।

    गठबन्धनमा सामेल पार्टी विचार र कार्यनीतिका हिसाबले मेल नखाने उनको टिप्पणी छ। ‘एकातिर न्यूनतम् साझा कार्यक्रम छ। न्यूनतम् साझा कार्यक्रमसँग नीति र कार्यक्रमको कुनै मेल खादैन’, पूर्व मन्त्रीसमेत रहेका उनले भने, ‘नीति र कार्यक्रमसँग बजेटको मेल खाँदैन। बजेट कार्यक्रमसँग विनियोजनको कुनै मेल छैन।

    उनले गठबन्धन सरकारलाई संगती नभएको सरकारको संज्ञा दिए। यो संगति नभएको सरकार कति लामो समय जाने अपेक्षा नै राख्न सकिदैन’, नेता विष्टले भने। उनले सरकारबाट जनताले धेरै अपेक्षा राख्नुलाई गोरु ब्याउँनेसँग तुलना गरे। विष्टले नेकपा एमालेले मोर्चा बनाउनेबारे नसोचेको बताए । अरू पार्टीहरू मोर्चा बनाउन लागेका छन्, त्यो उहाँहरूको कुरा हो’, नेता विष्टले भने, ‘नेकपा एमाले पार्टीलाई सुदृढ गर्छ। थप मजबुत बनाउँछ। आम जनताको बीचमा चिरेर नेकपा एमाले अगाडि बढ्छ। यो पार्टीलाई सबल बनाउने हिसाबले हामी सम्पूर्ण कार्यकर्ता लाग्छौँ। उनले एमालेलाई सुधारेर २०८४ सालको निर्वाचनमा संघ र प्रदेशमा बुहमत ल्याउनेसमेत दाबी गरे। 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend