Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

असार ७ः रास्वपाले घण्टी बजाएर दिवश मनाउने


२, असार २०८०
  • 220
    SHARES
  • असार ७ः रास्वपाले घण्टी बजाएर दिवश मनाउने

    काठमाण्डौं । यही असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पुग्दै छ। पार्टी स्थापनाको छोटो समयमा नै ठुलो फड्को मारेको रास्वपाले आफ्नो स्थापना दिवस मनाउने भएको छ। पार्टी स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा रास्वपाले असार ७ गते ७७ वटा जिल्लामा दिवस मनाउन लागेको हो।  

    यसबारे जानकारी दिँदै रास्वपा सभापति रवि लामिछानेले उक्त दिन साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक ‌आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन आह्वान गरेका छन्।  उनले घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्याग बज्यो घण्टी राखेर पोस्ट गर्न समेत आग्रह गरेका छन्।  

    ‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, उनले सामाजिक संजालमा भिडियो राख्दै भनेका छन्।  गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो। स्थापनाको पहिलो वर्ष नै अर्थात ०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा  निर्वाचन लडेको रास्वापाले रास्वपाले प्रत्यक्ष र समानुपातिक र ०८० मा भएको उपचुनावमा गरी २१ सिट जितेको थियो। अबको निर्वाचनमा दुई तिहाई ल्याउने अपेक्षा रास्वपाले गरेको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend