Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

'वानएक्स बेट' चलाउने तीनजना पक्राउ, साढे ५७ करोडको कारोबार


२, वैशाख २०८१
  • 156
    SHARES
  • 'वानएक्स बेट' चलाउने तीनजना पक्राउ, साढे ५७ करोडको कारोबार

    काठमाडौं । सट्टेबाजीका लागि प्रयोग हुने बेटिङ एप 'वानएक्स बेट' कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह र १९ वर्षीय रामजी साह तथा मलंगवा नगरपालिका–१० का ३० वर्षीय राकेश चौधरी रहेका छन् । उनीहरूलाई प्रहरीले सर्लाहीका विभिन्न ठाउँबाट चैत २९ गते प्रकाउ गरेको हो ।

    उनीहरूको साथबाट प्रहरीले ९ थान मोबाइल सेट, २१ थान सिमकार्ड, दुई थान ल्यापटप, एक थान सीपीयू र नगद ६२ हजार बरामद गरेको छ । यसैगरी विभिन्न सहकारीको पासबुक ११ थान, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरू 'वानएक्स बेट'मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, क्रिप्टो करेन्सीको कारोबार गर्ने कार्यमा संलग्न थिए ।

    प्रारम्भिक अनुसन्धानबाट उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस अकाउन्ट खोलेर ९८ वटा बैंकका खाताहरू लिङ्क गरेर अहिलेसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

    थप अनुसन्धान एवं कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend