Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समाजवादी मोर्चाको कुनै औचित्य छैन-अध्यक्ष ओली


२, असार २०८०
  • 149
    SHARES
  • समाजवादी मोर्चाको कुनै औचित्य छैन-अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसंग मुकावला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताएका छन् । शनिबार ललितपुरको च्यासलस्थीत एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले समाजवादी मोर्चाको कुनै औचित्य नभएको भन्दै एमालेसंग मुकावला गर्न र कांग्रेसलाई तर्साउन मोर्चाको चर्चा भइरहेको बताएका हुन् ।

    उनले  गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको र यसमा एमालेको कुनै रुची नभएको जिकिर गरे । ओलीले अहिले केहि दलले जनतालाई भड्काउने र राजनीतिक वितृष्ण तर्फ अघि बढाउने काम गरिरहेको भन्दै यसले कसैलाई पनि फाइदा नपुग्ने बताए । अध्यक्ष ओलीले अहिले देशको रक्षा गर्नुपर्ने भएकाले मुलुकको स्वाभिमान छाडेर विदेशीका सामू लम्पसार पर्ने नभई समानताका आधारमा कुरा गर्न सक्नुपर्ने जिकिर गरे ।

    ओलीले एमालेको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा सहित धेरै राम्रा काम गरेपनि राम्रा कामको प्रचार हुन नदिने र भ्रम छर्ने काम मात्रै भएको गुनासो गरे । अध्यक्ष ओलीले आफ्नो अभिव्यक्ति तथ्यका आधारमा राख्ने गरेको भन्दै बिना प्रमाण आधार कसैलाई पनि झुटो आरोप लगाउने काम नगरेको बताए ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend