काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार बिरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई शसक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले संघीयता संगै भ्रष्टाचार बिकेन्द्रीकरण हुने संभावनामा सजक रहनुपर्ने बताउदै सदनमा भ्रष्टाचार र अनियमिताका बारेमा आवाज उठाउदा डराउनुपर्ने अवस्था आएको बताए । शर्माले भ्रष्टाचारका बिषयमा सांसदले सदनमा बोल्दा आफ्नो पार्टी भन्दा पनि माथि दिल खोलेर बोल्न पाउनुपर्नेमा जोड दिए ।