Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाभित्र भ्रष्टाचार गर्न त परको कुरा सपनामा भ्रष्टाचार गरिएको देख्न समेत पाउने छुट छैन-सभापति लामिछाने


२, असार २०८०
  • 230
    SHARES
  • रास्वपाभित्र भ्रष्टाचार गर्न त परको कुरा सपनामा भ्रष्टाचार गरिएको देख्न समेत पाउने छुट छैन-सभापति लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न चूनौति दिएका छन् । रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नंवर ७ को प्रथम क्षेत्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुने बितिकै साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको भन्दै शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न सम्बन्धीत दललाई चूनौति दिएका हुन् ।

    सिंहदरबार र बालुवाटारमा पैसा बुझ्नेहरु पुर्पक्षका लागि जेल चलान भएको अवस्थामा निर्वाचन क्षेत्रमा पुनः निर्वाचन हुने गरि निष्काशन गरे आफुहरु प्रतिष्पर्धामा उत्रने बताए । उनले रास्वपाभित्र भ्रष्टाचार लगायतका क्रियाकलाप मात्रै नभई सपनामा पनि भ्रष्टाचार गरिएको देख्न पाउने छुट नरहेको जिकिर गरे ।  मुलुकमा भएका परिवर्तनको मानमर्दन गर्ने छुट कसैलाई पनि नभएको भन्दै जनताले चाहेको परिवर्तन बल्ल सुरु हुन लागेको उनको भनाई छ ।

    सभापति लामिछानेले देशका बिभिन्न स्थानमा बजेको घण्टीको आवाज अव नरोकिने भन्दै आगामी निर्वाचन केन्द्रीत कार्यक्रममा जुट्न सबैलाई आह्वान गरे । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend