Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

 प्रेस चौतारी रामेछापले पत्रकार महासंघमा लगायो ताला 


२, असार २०८०
  • 136
    SHARES
  •  प्रेस चौतारी रामेछापले पत्रकार महासंघमा लगायो ताला 

    रामेछाप । नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभएको भन्दै  प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा  ताला लगाएको छ । शनिबार प्रेस चौतारीले कालो झण्डा राखेर कार्यालयमा तालाबन्दी गरेको हो । 

    पत्रकार महासंघ रामेछापले मापदण्ड विपरीत सरकारी जागिरे र निष्क्रिय रहेकालाई पनि राजनीतिक आस्थाको आधारमा सदस्य कायम नै राखेको र प्रेस चौतारीका सदस्यको सदस्यता भने खारेजको निर्णय गरेपछि चौतारीले शनिबार कार्यालयमा ताला लगाएको जनाएको छ । प्रेस चौतारीले निर्णय सच्याउन ४८ घण्टाको समय दिएको भए पनि सो अवधिमा महासंघले निर्णय नसच्याएकाले तालाबन्दी गर्नु परेको प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए। पुरानो सदस्यता सुद्धिकरणमा मात्र होइन नयाँ सदस्य सिफारिसमा समेत चौतारी आबद्ध पत्रकार माथि विभेद गरिएकोले बाध्य भएर ताला लगाइएको श्रेष्ठको भनाई छ ।

    प्रेस चौतारी रामेछापले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र आफ्ना गलत निर्णय सच्याएर अघि बढ्न पत्रकार महासंघको नेतृत्वलाई आग्रह गरेको थियो । निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने चौतारीले घोषणा गरेको छ ।  त्यस अघि प्रेस चौतारी नेपाल रामेछाप र प्रेस सेन्टर रामेछापले जेठ २८ गते पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलाई भेटेर ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । जसमा शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९  अक्षरशः पालना गरेर अघि बढ्न आग्रह गरिएको थियो । तर लगत्तै महासंघ नेतृत्वले आफू निकट दल विशेष पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित गर्ने गरी योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने र नयाँ सदस्यताका लागि योग्य पत्रकारलाई समेत सदस्यता प्राप्त गर्नबाट वञ्चित गर्ने गरी निर्णय गरेको थियो ।    

    महासंघले गलत निर्णय नसच्याए यसअघि सार्वजनिक गरिएका मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, पत्रकार महासङ्घका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार गर्ने,  निर्णय नसच्चिएसम्म पत्रकार महासङ्घका सबै गतिविधि ठप्प गराउने र प्रेस चौतारी नेपालको जानकारीमा रहेका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको सो सम्बन्धमा सम्बन्धित कार्यालयलाई महासंघले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने लगायतका कार्यक्रम सशक्त रूपमा अघि बढाउने चौतारीको तर्फबाट शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।  

    मापदण्डको ठाडो उपहास गरी प्रतिशोध र पुर्वाग्रहीपूर्ण ढङ्गबाट महासंघमा हाल कायम रहेका सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेसामा नै आबद्ध नरहेका, विभिन्न पेसा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने, फरक विचार राखेकै कारण क्रियाशील सदस्यलाई निष्क्रिय घोषणा गर्ने, पेसामा नै नरहेकोलाई नयाँ सदस्यमा सिफारिस गर्ने निर्णयको विरुद्ध सशक्त आन्दोलन गर्ने अध्यक्ष श्रेष्ठले बताए । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend