बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पाँच वर्ष भन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियारहरू कार्यालयमा बुझाउन भनेको छ ।
प्रशासन कार्यालयले हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्तिरसंस्थाहरूले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त धनीले तोकिएको म्यादभित्र हातहतियारको नवीकरण गरेकोले पाँच वर्ष भन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियारहरू कार्यालयमा बुझाउन भनेको हो ।
तोकिएको म्यादभित्र केही हातहतियारको नवीकरण गरेको अभिलेख कार्यालयमा नदेखिएको हुँदा ३५ दिनभित्र नवीकरण गराउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जनाकारी दिए ।
उनका अनुसार नवीकरणको लागि हातहतियार र इजाजत पत्रसहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने छ । हातहतियार नवीकरण नगराएमा र म्याद गुज्रेको हतियार नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही हुने रुपन्देही प्रशासनले मङ्गलवार जारी गरेको सूचनामा उल्लेख छ ।