बुटवल । अर्घाखाँचीको शितगगां नगरपालिकाका प्रमुख छविलाल पौडेलको मगंलबार राति १० बजे तिर स्वास्थमा समस्या आएका कारण तत्काल बुटवलको तिलोत्तमा हस्पिटलमा ल्याएर भर्ना गरिएको थियो ।
डाक्टर हरि पन्थिको नेत्तृत्वमा अहिलेपनि प्रमुख पौडेलको ईमरजेन्सी वार्डमा उपचार भइरहेको छ । डाक्टर पन्थिका अनुसार उनको स्वास्थ अवस्था सुधार उन्मुख भएको बताइएको छ ।