Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुपन्देही : छोरीको हत्या आरोपमा बुबा पक्राउ


७, वैशाख २०८१
  • 148
    SHARES
  • रुपन्देही : छोरीको हत्या आरोपमा बुबा पक्राउ

    बुटवल । रुपन्देहीमा आफ्नै छोरीलाई हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् ।

    प्रहरीले उनलाई आफ्नै १७ वर्षीया अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोप लगाएको छ । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए ।

    प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन ४, थकालीचोकबाट नारायणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । अञ्जली कञ्चनकै हरैया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत थिइन् ।

    अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले बुटवलमा भेटेर घर जान आग्रह गर्दा नमानेपछि रिसको झोंकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका डीएसपी भट्टले बताए ।

    घटनापछि अन्जलीकी आमाले आफ्ना पति नारायणविरुद्ध किटानी जाहेरी दिएकाले अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु भएको उनले बताए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend