Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढि पहिरोका कारण ठूलो धनजनको क्षति भएकाले राहत र उद्दारमा जुट्न सरकारको ध्यानाकर्षण


३, असार २०८०
  • 192
    SHARES
  • बाढि पहिरोका कारण ठूलो धनजनको क्षति भएकाले राहत र उद्दारमा जुट्न सरकारको ध्यानाकर्षण

    काठमाण्डाैँ । सांसदहरुले देशका बिभिन्न स्थानमा बाढि पहिरोका कारण ठूलो धनजनको क्षति भएकाले राहत र उद्दारमा जुट्न सरकारको ध्यानाकर्षण गारएका छन् । 

    प्रतिनिधिसभाको आइतबारको बैठकमा उनीहरुले वेपताको खोजि कार्यलाई तीव्रता दिन र पीडितलाई राहत उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद योगेश भट्टराईले तेह्रथुम, ताप्लेजुङ, पाँचथर लगायतका पूर्वी पहाडमा बाढि पहिरो गएको र उद्धारका लागि थप सक्रियता देखाउनुपर्ने बताए ।

    उनले ताप्लेजुङ लगाएतका स्थानमा मोटरेवल पुल समेत बगाएको, दजनौं व्यक्ति वेपत्ता भएको जानकारी दिए । पूर्वी पहाडमा ठूलो मानवीय र भौतिक क्षति भएको भएकाले यस बिषयमा सरकारले सदनमा सम्पूर्ण जानकारी दिनुपर्ने उनले बताए । उनले अवरुद्ध सडकलाई तत्काल सञ्चालन गर्न, पीडितलाई आवास र खाद्यान्न सङ्कट भएकाले त्यसमा सरकारले आवश्यक व्यवस्था गर्न माग गरे ।

    त्यस्तै सांसद दीपक खड्काले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर लगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो उद्धारमा लाग्न सरकार समक्ष आग्रह गरे ।  सुपर हेवा हाइड्रोपावर लगायतका धेरै स्थानमा क्षति भएको बताउँदै तीन वटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको उनले बताए । 

    त्यस्तै सांसद अम्मर बहादुर थापाले पूर्वी जिल्लाहरुमा बाढि पहिरोका कारण जनताले समस्या भोग्नुपरेको भन्दै प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend