Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बेपत्ता नागरिकको खोजीका साथै राहत कार्य तीव्र - व्यवस्थामन्त्री प्रकाश ज्वाला


३, असार २०८०
  • 161
    SHARES
  • बेपत्ता नागरिकको खोजीका साथै राहत कार्य तीव्र - व्यवस्थामन्त्री प्रकाश ज्वाला

    काठमाण्डाै । सरकारले पूर्वी नेपालमा आएको बाढी र पहिरोका कारण बेपत्ता नागरिकको खोजीका साथै राहतका कार्यलाई तीव्र रुपमा अघि बढाएको जनाएको छ । 

    आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको र केहिको ज्यान गएको प्रारम्भीक जानकारी प्राप्त भएको भन्दै बेपत्ता नागरिकको खोजीका साथै राहतका कार्यलाई तीव्र रुपमा अघि बढाएको जानकारी दिए । त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरु खोजी, उद्धार र राहतमा सक्रियताका साथ लागेको उनले बताए । उनले पाँचथर र ताप्लेजुङ जोड्ने पुल बगाएको, अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको, मेची राजमार्गको पाङ्गेभिरमा सडक अवरुद्ध भएको जानकारी दिए । 

    बाढी र पहिरोका कारण अवरुद्ध सडकहरुलाई सूचारु गर्नका लागि प्रयास भइरहेको उनले बताए । मन्त्री ज्वालाले भिषण बाढी पहिरोले सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको प्रारम्भीक अनुमान रहेको उल्लेख गरे । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend