Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘आदिपुरुष’

भोली देखी काठमाडौंका हलमा हिन्दी फिल्म नचल्ने


३, असार २०८०
  • 160
    SHARES
  • भोली देखी काठमाडौंका हलमा हिन्दी फिल्म नचल्ने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको छ । आइतबार महानगर प्रहरीको टोली बिभिन्न हलहरुमा पुगेर सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको हो । 

    सो क्रममा महानगर प्रहरीले सोमबारदेखि नेपाली फिल्म मात्रै प्रदर्शन गर्न आग्रह गरेको थियो । यसअघि आइतबार नै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए । महानगरपालिकाका प्रमुख साहको निर्देशनपछि नगर प्रहरीले सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गरेका हुन् । सो क्रममा हल सञ्चालकहरुले महानगरको निर्देशनलाई पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटसमार्फत तीन दिनको समय दिएको हो । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई नचसच्चाएको महानगरले जनाएको छ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend