Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य मन्त्रालयका १० कर्मचारीको सरुवा


१३, वैशाख २०८१
  • 202
    SHARES
  • स्वास्थ्य मन्त्रालयका १० कर्मचारीको सरुवा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत दशौँ र नवौँ तहका कर्मचारीको सरुवा, पदस्थापन गरेको छ ।

    मन्त्रालयले मन्त्रालय अन्तरगत विभिन्न निकायमा कार्यरत आठ जना दशौँ तहका र दुई जना नवौँ तहका गरेर १० जना कर्मचारीलाई सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको हो ।

    जसमा भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट ईएनटी सर्जन दशौँ तहका डा. रविभुषण सुवालको वीर अस्पतालमा, स्वास्थ्य मन्त्रालय दरबन्दीमा पदस्थापन भई वीर अस्पतालमा कामकाजमा रहेका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट दशौँ तहका डा. लुना शर्माको कार्यरत अस्पतालमा नै खटाएको छ ।

    परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पतालमा दरबन्दी रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश कार्यालय अन्तरगत कामकाजमा रहेका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन दशौँ तहका डा. अमर पौडयाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा खटाएको छ ।

    यस्तै परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा. प्रज्वल पौडेलको कार्यरत अस्पतालमा नै कायम गरेको छ ।

    कान्ति बाल अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा. मधुसूदन कायस्थको कार्यरत अस्पतालमा नै कायम गरेको छ भने सोही अस्पतालमा नै कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा. सन्जीतकुमार श्रेष्ठलाई पनि कार्यरत सोही अस्पतालमा नै कायम राखेको छ ।

    सिंहदरवार वैद्यखाना विकास समितिमा पदस्थापन भएर आयुर्वेद चिकित्सालय नरदेवीमा कामकाजमा रहेका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ दशौँ तहका डा. काशी खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएको छ ।

    वीर अस्पतालमा दरबन्दी रहेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा रहेका अस्पताल नर्सिङ प्रशासक नवौँ तहका विद्या बास्तोलालाई सोही अस्पतालमा कायम गरेको छ ।

    राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा दरबन्दी रहेर वीर अस्पतालमा कामकाजमा रहेका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दशौँ तहका डा. सुरेन्द्रलाल श्रेष्ठको सोही अस्तालमा कायम गरिएको छ भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा दरबन्दी रहेर कान्ति बाल अस्पतालमा कामकाजमा रहेका डा. सुमनविक्रम अधिकारीको कामकाजमा रहेकै अस्पतालमा कायम गरिएको छ ।

     

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend