काठमाडौं । काठमाडौँमा प्रहरीले करिब डेढ करोड रुपैयाँ र डेढ किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैया नगद बरामद भएको छ ।
घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ ।