काठमाडौं । सरकारले नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिन्ह पुन:स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मोस्थीत सीमा चिन्ह स्तम्भ ५३ (१)लाई यथास्थानमा संयुक्त रुपमा पुन:स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले धुमुर्स सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती पुन:निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय गरेको छ ।
बैठकमा पूर्वी क्षेत्रमा बाढि र पहिरो पछि बेपत्ताको खोजी, राहत र पुन:स्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने बिषयमा छलफल भएको मन्त्री रेखा शर्माले बताईन् ।