काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई ब्रेन स्टप भएपछि उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
वैशाख १३ गते देखि बिरामी परेका शेरचनको ललितपुर भैंसेपाटीस्थित नेपाल मेडिसीटी अस्पतालमा उपचार भइरहेको छ । ब्रेनस्टबको कारणले स्वास्थ्यमा आएको जटिलता अहिले क्रमिक रुपमा सुधार रहेको बताइएको छ ।
८२ बर्षिय प्रमुख शेरचनको देब्रे हात हल्का चलाउन सक्ने भएको छ । चिकित्सकको सल्लाहअनुसार अझै करिब एक हप्ता अस्पतालमा राख्नुपर्ने उहाँको प्रमुख स्वकीय सचिब नारायण प्रसाद आचार्यले बताउनुभयो ।