Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मोदी अमेरिकामा


६, असार २०८०
  • 120
    SHARES
  • मोदी अमेरिकामा

    नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको चार दिने भ्रमणमा रहेका छन् । मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणका क्रममा टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् । मस्कलाई भेट्नु अघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए।

    प्रधानमन्त्री मोदीसँगको भेटपछि मस्कले यसलाई निकै राम्रो भेट भएको बताएका छन् । उनले प्रधानमन्त्री मोदीसँगको कुराकानी निकै राम्रो भएको बताए । उनले अर्को वर्ष भारत आउने सोचमा रहेको बताए । मस्कले थप भने कि ‘म प्रधानमन्त्री मोदीको फ्यान हुँ।

    प्रधानमन्त्री मोदीले यसअघि सन् २०१५ मा क्यालिफोर्नियाको टेस्ला मोटर्स कारखानाको भ्रमणका क्रममा मस्कसँग भेट गरेका थिए । मस्क त्यतिबेला ट्विटरको मालिक थिएनन् । मस्कसँग प्रधानमन्त्रीको भेट यस्तो समयमा भएको हो, जब टेस्लाले भारतमा आफ्नो कारखानाको लागि ठाउँ खोजिरहेको छ।

    मोदी अमेरिकाको भ्रमणमा न्यूयोर्क पुगेका छन् । प्रधानमन्त्रीको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ । नरेन्द्र मोदीलाई स्वागत गर्न जनतामा ठूलो उत्साह थियो । प्रधानमन्त्रीको स्वागतमा जनताले मोदी–मोदीको नारा लगाएका थिए । भारतीय समुदायका केही सदस्यहरू पनि प्रधानमन्त्री मोदीलाई स्वागत गर्न होटल बाहिर उभिएका देखिए। सहरमा जताततै मानिसहरु जम्मा भएका छन् । विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाले जुन २२ मा मोदीको लागि रातो कार्पेट बिछ्षउने छ र योसँगै प्रधानमन्त्री मोदी विश्वका तेस्रो नेता बन्नेछन् जसलाई वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्मान प्रदान गरेका छन् । 

    जो बाइडेनले यसअघि फ्रान्सका इमानुएल म्याक्रोन र दक्षिण कोरियाका युन सुक येओललाई राज्य भ्रमण र भोजका लागि आमन्त्रित गरेका थिए। यो अमेरिकाबाट सबैभन्दा नजिकका सहयोगीहरूलाई मात्र दिइने उच्च कूटनीतिक स्वागत हो। मोदीसँग डिनर गर्नका लागि हाइप्रोफाइलहरुको लिष्ट आएको भन्दै व्यवस्थापन गर्न निकै कठिन भएको बाइडेनले यसअघि नै बताइसकेका छन् । बाइडेनले आफू पनि मोदीको ठूलो प्रशंसक रहेको बताएका थिए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend