Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सत्ता गठबन्धनमा हलचल


७, असार २०८०
  • 220
    SHARES
  • सत्ता गठबन्धनमा हलचल


    काठमाण्डौँ । सरकारले ल्याएको बजेटको चौतर्फी विरोध भैरहेका बेला नेकपा एसभित्र पनि त्यसको असर देखिएको छ । संसदमा बजेट सम्बन्धी छलफल अन्तिम अवस्थामा पुग्दा एस पार्टीका नेताहरुले पार्टीभित्र र बाहिर असहमति प्रकट गरिरहेका छन् । खासगरी राजेन्द्र पाण्डे, किसान श्रेष्ठ, प्रेम आलेले बजेटमा असहमति प्रकट गर्दै आएका छन् । बजेटको सवालमा पार्टी अध्यक्ष माधवकुमार नेपाल स्वयं पनि सन्तुष्ट हुन सकिरहेका छैनन् । 

    सो विषयमा एस पार्टीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँग छलफल गर्ने भएको छ । एकीकृत समाजवादीले बिहीबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएको बैठकमा पार्टीका तर्फबाट मन्त्री बनेकाहरूसँग बजेटमा के–कस्तो योजना समावेश गरे, मन्त्रालयगत बजेटको अवस्था के छ रु भनेर छलफल गर्न लागिएको हो । 

    पार्टीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका प्रकाश ज्वाला र कृषिमन्त्री बेदुराम भुसालसँग छलफलको कार्यसूची रहेको छ । एस पार्टीका नेताहरुले बजेट निकै असन्तुलित रहेकाले यसलाई जस्ताको तस्तै पास गर्न नसकिने जनाउँदै आएका छन् । 

    भौतिक पूर्वाधारको बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको गोरखा, अर्थमन्त्री डा। प्रकाशशरण महतको गृहजिल्ला नुवाकोट र कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डँडेलधुरामा एकोहोर्याइएको भन्दै एकीकृत समाजवादीका सांसदहरुले असन्तुष्टि प्रकट गरेका छन् । तर भौतिक पूर्वाधार मन्त्री एवं नेकपा एसका नेता प्रकाश ज्वालाको जिल्लामासमेत बजेट पुगेको भन्दै विरोध भइरहेको छ । 

    एस पार्टीका सांसदहरूले सार्वजनिक रूपमै बजेट विफल तुल्याउने चेतावनी दिन थालेपछि प्रधानमन्त्री प्रचण्डले उक्त दलका अध्यक्ष नेपाल लगायतका नेताहरूसँग छलफल गरेका थिए । नेताहरूका अनुसार प्रधानमन्त्रीले असन्तुष्टि सम्बोधन गर्न अर्थमन्त्रीलाई त्यही बैठकमा आग्रह गरेका थिए । एस पार्टी संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्री सहितको बैठकमै आफ्ना अध्यक्ष नेपाललाई आफूहरूले यथास्थितिमा बजेटको पक्षमा भोट नहाल्ने बताइसकेको स्रोतले जनाएको छ । 

    अर्थमन्त्री महतले बजेट सच्याउने विषयमा कुनै पहलकदमी गरेका छैनन् । अर्थमन्त्री महतले बजेटको आकारभित्र रहेर विधि, ऐन र प्रावधानले दिने सीमाभित्र रहेर बजेट ल्याएको दाबी गर्दै सच्याउन नसकिने बताएपछि एसका नेताहरु थप चिढिएको स्रोतको दाबी छ । 

    अर्थमन्त्री संशोधन गर्ने पक्षमा नदेखिएका बेला अध्यक्ष नेपालले असन्तुष्ट सांसद पाण्डेलाई नै सम्बोधन गर्नुपर्ने र सकिने विषयहरूबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने जिम्मा दिएको बताइए पनि एसका सांसदहरुले यो बजेटबारे पुनर्विचार नभए संसदमा बजेट पास नगर्ने अडान कायमै राखेका छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend