काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एक पूर्व पूर्वबैंकरको प्रवेश भएको छ । पार्टीले पहिलो वर्षगाँठ मनाउँदै गर्दा पूर्वबैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश गरेका छन् ।
शाह बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आज प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् ।
पार्टी प्रवेश गरेसँगै शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।