Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भीम रावललाई जिम्मेवारी दिन एमाले नेतृत्व मौन


२७, वैशाख २०८०
  • 145
    SHARES
  • भीम रावललाई जिम्मेवारी दिन एमाले नेतृत्व मौन

    काठमाण्डौं । नेकपा एमालेले तत्कालीन उपाध्यक्ष भीम रावललाई पार्टीको जिम्मेवारी दिने तयारी गरेको भएपनि अहिलेसम्म त्यसको कुनै प्रकृया अघि बढेको छैन । गत चैतमा एक पटक रावलसँग कुराकानी भए पनि त्यसपछि कुनै पनि प्रकारको सम्पर्क भएको छैन । केन्द्रीय कमिटीको बैठक नजिक आउँदै गर्दा रावललाई जिम्मेवारी दिन बनेको कार्यदल नै बेपत्ता भएको छ । केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बैशाख २८ गते बिहीबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । 

    बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत, केन्द्रीय कमिटीको चौथौ बैठकपछिको निर्णय अनुमोदन, आयोगका प्रमुखहरुको सम्बोधन, मिसन ग्रासरुटको समीक्षापछि छलफलमा जाने उनले जानकारी दिए । केन्द्रीय बैठकमा मिसन ग्रासरुट अभियानपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने केन्द्रीय उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको भनाइ छ । उनले पार्टीमा प्रवेश गरेका नेताहरुलाई व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने बताए ।

    तर भीम रावलको विषयमा भने कार्यदलको काम सकिएपछि मात्रै निर्णय हुने बताएका छन् । ‘कार्यदलको काम सकिएपछि निर्णय हुनेछ, अहिले कार्यदलले काम गर्दैछ’, प्रचार विभाग प्रमुख गुरुङले भने । भीम रावलसँग वार्ता गर्न एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापा सहितको टोली गठन भएको छ । सो टोलीले एक पटक वार्ता गरिसकेको छ । 
    एमालेले पूर्वउपाध्यक्ष तथा गत महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका नेता भीम रावलसँग छलफल गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार सचिवालयको चैत १८ गते बसेको बैठकले रावलसँग छलफल गरेर आवश्यक टुंगोमा पुग्नका लागि वार्ता टोली गठन गरिएको हो । 

    पूर्वउपाध्यक्ष, दशौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीमै रहेका तर पार्टीको विधि, विधानअनुसार नचलिकन बसिरहेका भीम रावलसँग कुरा गर्न र टुंगोमा पुग्नका लागि ग्रास रुट अभियानको सुदूरपश्चिम अनुगमन गर्ने उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा नेतृत्वको समिति गठन भएको थियो । रावल पछिल्लो समय एमालेसँग असन्तुष्ट छन् । पार्टीले जिम्मेवारी नदिएको भन्दै उनी असन्तुष्ट रहेका हुन् । २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा उनलाई टिकट दिइएको थिएन भने पार्टीमा कुनै जिम्मेवारी पनि दिइएको थिएन । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend