Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जापानमा ‘सिटामोल’ प्रदर्शन हुने


३१, वैशाख २०८१
  • 198
    SHARES
  • जापानमा ‘सिटामोल’ प्रदर्शन हुने

    काठमाडौँ । जापानमा फिल्म ‘सिटामोल’ प्रदर्शन हुने भएको छ । फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले लिएको जानकारी दिएको छ । फिल्मको जापान प्रदर्शन नेपालकै मितिमा हुने गरेर सहमति भएको हो ।

    राजबहादुर सानेको निर्देशन रहेको फिल्मको नेपाल प्रदर्शन मिति घोषणा हुन बाँकी छ । अहिले पोस्ट प्रोडक्सनमा रहेको फिल्मको काठमाडौँको केही प्रतिशत छायाँकन बाँकी छ ।

    अभिनेता सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म माओवादी जनयुद्धको कथामा बन्न लागेको हो । फिल्ममा सौगात जनयुद्धको घाइतेको रूपमा देखिँदैछन् ।

    तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र बेनिशाको अलवा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहनेछ ।

    बाबुल गिरीको संगीत, दिव्य सुवेदीको छायांकन रहेको फिल्मका भूगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्मातामा छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend