Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खाँणलाई भेट्न परराष्ट्रमन्त्री साउद कारागार पुगे


८, असार २०८०
  • 226
    SHARES
  • खाँणलाई भेट्न परराष्ट्रमन्त्री साउद कारागार पुगे

    काठमाण्डौं । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार, सुन्धारा पुगेका छन् । बिहीबार बिहान १० बजे कारागार पुगेर करिब आधा घन्टा साउदले खाँणसँग भेटघाट गरेको कारागार प्रशासनले स्रोतले बतायो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

    बिहीबारै कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादवले पनि खाँणसँग भेट गरेका छन् । बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि खाँणलाई भेटेका थिए । जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागार लगेको थियो ।

    २९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सहयोग हुने गरी काम गरेको आरोप खाँणमाथि छ । गिरोहको प्रलोभनमा परेर खाँणले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनलाई पुनरावलोकन गर्र्न बदनियपूर्वक उपसमिति बनाएको आरोप छ । उपसमितिका अधिकारीहरुले पनि काम गर्न नमानेपछि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालयमा भएको पन्थी कार्यदलको प्रतिवेदन नै कीर्ते गरेको भेटिएको थियो ।

    बयानका क्रममा खाँणले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । उनले देशी–विदेशी शक्तिले आफूलाई फसाएको दाबी गर्दै आएका थिए । तर, अदालतले तत्काल उपलब्ध प्रमाणहरुबाट उनी दोषी होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend