Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मेयर बालेन ‘कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान


१, जेठ २०८१
  • 321
    SHARES
  • मेयर बालेन ‘कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ७७ औँ कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् ।

    मेयर शाह कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फेस्टिभलमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेका छन् ।

    उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरे ।

    फ्रान्समा रहँदा शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने छन् । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    उनी फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी हुनेछन् भने अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन समेत गर्ने छन् ।

    कान्स र काठमाडौँ युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । १२ दिनसम्म चल्ने फेस्टिभलमा मेयर बालेन तीन दिनको कार्यक्रममा सहभागी भइ जेठ ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend