Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ओखलढुंगामा विपत्ति, एकै परिवारका तीन जनाको मृत्यु, एक बेपत्ता


८, असार २०८०
  • 232
    SHARES
  • ओखलढुंगामा विपत्ति, एकै परिवारका तीन जनाको मृत्यु, एक बेपत्ता

    ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा पहिरो जाँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ। विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार गाउपालिका ८ मा पहिरो जाँदा ३६ वर्षीय रणबहादुर गुरूङसहित उनको परिवारका सदस्यको मृत्यु भएको हो।

    शुक्रबार बिहान भएको घटनामा गुरूङसहित उनको २९ वर्षीया श्रीमती शिवमाया गुरूङ, १८ वर्षीया छोरी दिपीका गुरूङको घटनास्थलमा शव फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए। प्रहरी उपरिक्षक कँडेलका अनुसार पहिरोले गुरूङको घर समेत बगाएको छ। यसक्रममा गुरूङको १० वर्षीय छोरा दिनेश गुरूङ बेपत्ता अवस्थामा रहेको कँडेलले जानकारी दिए।

    प्रहरी कार्यालयका अनुसार पहिरोले गुरूङको नजिकमा रहेको बलबहादुर गुरूङ र जरसिंह गुरूङको दुइवटा घर बगाएको छ। यद्यपी दुवै जनाको ९ जनाको परिवार सकुशल रहेको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम ओखलढुंगा बजारबाट करिब ७५ किलोमिटर टाढा डाँडामा भएको हो।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend