अर्घाखाँची । सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा अर्घाखाँचीको आयोजनामा डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सन्धिखर्कमा सम्पन्न् भएको छ ।
कार्यक्रममा अर्घाखाँची अस्पतालका एम डी जी पी डा.अशोक शाहले डेगुं रोग रोकथाम र नियन्त्रण ,डेगुं रोगका लक्षण , बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिनुभएको छ ।
डेगुं रोग आफ्नै घरवरपर हुने पानीका खाल्टा खुल्टी र सरसफाइमा ध्यान नदिदाँ लामखुटटेले टोकेर लाग्ने भएकाले वर्षादको समयमा विशेष ध्यान दिन आम नागरिकलाई अनुरोध गर्नुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल ,वडा अध्यक्षहरु , कार्यपालिका सदस्य ,र स्वास्थ्य स्वयंम सेविका ,संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको संचालन , र नगर उपप्रमुख मिश्रा आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

