Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आत्मसमर्पण गर्ने टोपबहादुरको तयारी


२७, वैशाख २०८०
  • 108
    SHARES
  • आत्मसमर्पण गर्ने टोपबहादुरको तयारी

    काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमालेका सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आत्मसमर्पण गर्ने भएका छन् ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै एमाले नेता रायमाझीले आत्मसमर्पणको तयारी थालेको एमाले उच्च स्रोतले बताएको छ । 

    प्रहरीलाई झुकाएर बच्न सफल रायमाझी भैरहवा हुँदै भारतको गोरखपुर पुगेका छन् ।  गत साताको बुधबार टोपबहादुरलाई पक्राउ गर्न पुर्जी जारी भएको भएपनि टोपबहादुर भने निर्बाध रुपले अर्घाखाँचीबाट सभामुख देवराज घिमिरेसँग सँगसँगै बुटवल आएर काठमाडौँ आउँदा पक्राउ पर्ने भयले भैरहवाबाट बेपत्ता भएका थिए ।  भारतमा रहेका उनले आज अथवा भोलि बिहान सम्ममा आत्मसमर्पण गर्ने तयारीमा हुनुहुन्छ, एमाले उच्च स्रोतले भन्यो ।  

    शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँण र उनका निजी सचिव नरेन्द्र केसी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परिसकेका छन् । 

    रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । उनको नाममा डेढ करोडको चेकसमेत प्रहरीले फेला पारेको छ । बाबुको सहयोग बिना सन्दीपले यति ठूलो रकम हात पार्न नसक्ने निश्चित नै रहेको प्रहरी स्रोतको दाबी छ । अहिलेसम्म नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय रहेको आरोपमा गिरोहका आठ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend