Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सामाजिक सुरक्षा भत्तामा ९ करोड भ्रष्टाचार भएको अभियन्ताहरुको आरोप


३, जेठ २०८१
  • 245
    SHARES
  • सामाजिक सुरक्षा भत्तामा ९ करोड भ्रष्टाचार भएको अभियन्ताहरुको आरोप

    काठमाडौं । भ्रष्टाचार विरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ ।

    आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियन्ताहरुले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो परिचयपत्र बनाएर र मृत्यु भइसकेको मानिसहरुको नाममा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको बताएका हुन् ।

    सामाजिक अभियन्ता, भ्रष्टाचार विरुद्धको अभियानका संयोजक कृष्ण सोडारीले वडा अध्यक्ष खगेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर बुढाको मिलेमत्तोमा ९ करोड बढी भ्रष्टाचार भएको बताए ।

    आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ सम्मको अवधिमा उक्त भ्रष्टाचार भएको उनको दाबी छ । अभियन्ता भण्डारीले वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाले ४६५ जना नक्कली सेवाग्राही खडा गरेर सो अवधिमा भ्रष्टाचार गरेका आरोप लगाए ।

    सामाजिक सुरक्षा भत्तामा भएको भ्रष्टाचारबारे आफूहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कन्चनपुरमा २०७९ साउन १० मा उजुरी दिएपनि प्रभावकारी छानविन नभएको उनको गुनासो छ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका वडा अध्यक्ष भण्डारी ०७९ को निर्वाचनमा पनि दोहोरिएका थिए । सो बेलादेखि वडा सचिव बुढा अहिलेसम्म सोही वडामै कार्यरत छन् ।

    त्यसैगरी, अभियन्ता युवराज पौडेल ‘सफल’, हेमबहादुर खड्का, रामहरि दाहाल, भक्तबहादुर विकलगायतले उक्त भ्रष्टाचार प्रकरणको सत्य तथ्य छानविन गरेर दोषी उपर कानुनी कारबाही हुनुपर्ने बताए ।

    दोषी माथि कारबाही नभएसम्म आफूहरु निरन्तर लागिरहने पनि उनीहरुले प्रतिवद्धता व्यक्त गरे । यस विषयमा हामीले वडा अध्यक्ष भण्डारीसँग प्रतिक्रिया लिँदा उनले उक्त आरोप अस्वीकार गरे ।

    उनले अभियन्ता सोडारी स्थानीय तह निर्वाचनको प्रतिस्पर्धी रहेका पनि खुलासा गरे । सोडारीले पराजयको विक्षिप्त मानसिकता देखाइरहेको समेत वडा अध्यक्ष भण्डारीले बताए ।

    ‘यो आरोपमा कुनै सत्यता छैन । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण भइरहेको छ । बैंकमा मृत्यु भइरहेका मानिसहरुको खाता खोल्न सम्भव छ र ? यो राजनीतिक पूर्वाग्रहको उपज हो,’– वडा अध्यक्ष भण्डारीले भने ।

    Hem Bdr.jpgKrishna.jpgRamhari.jpgYubraj.jpg

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend