काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु र पार्टीका नेताहरु माथि भ्रम छर्ने काम भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरा मात्रै गर्ने भनेर आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताएका हुन् ।
उनले आफु र पार्टीले बिभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाव लिएर जनतामाझ जाने जिकिर गरे । नागरिकका मुद्धाहरुमा दरो उपस्थिति आफैमा गहन कुरा भएकाले पाँच बर्षको हिसाव व्याज सहित जनतालाई देखाउने बताए । उनले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँहरुलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राखे । लामिछानेले नयाँ राजनीतिक दलका रुपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरुमाथि आफुहरुको कुनै लडाई नरहेको स्पष्ट पारे ।
उनले आफुहरुको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गर ।