Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘ऊनको स्वीटर’ जेठ १५ देखि छायांकनमा


८, जेठ २०८१
  • 213
    SHARES
  • ‘ऊनको स्वीटर’ जेठ १५ देखि छायांकनमा

    काठमाडौं । आर्टमाण्डुले निर्माण गर्ने फिल्म ‘ऊनको स्वीटर’को छायांकन जेठ १५ गतेदेखि सुरु हुने भएको छ । वितरक गोविन्द शाहीका अनुसार पाँचथरका भिन्न स्थानमा यो फिल्मको छायांकन हुनेछ ।

    नवीन चौहानले निर्देशन गर्ने यो फिल्मलाई काठमाडौंमा शाहीको काफिया फिल्म्स र मोफसलमा कुवेर सिनेले वितरण गर्ने भएको छ । निर्माता र वितरण कम्पनीबीच यसैसाता वितरणको सहमति भएको छ ।

    वितरक फाइनल भएसँगै विपिन कार्की र मिरुना मगर स्टारर फिल्मको सुटिङ हुनेछ । सुरुमा लोकेसन र अन्य कलाकारको दृश्य खिचिने र असार मध्यदेखि विपिन र मिरुनाले सेट ज्वाइन गर्ने योजना रहेको शाहीको भनाइ छ । विपिन यतिबेला अमेरिकामा ‘तेलभिसा’को छायांकनमा व्यस्त छन् ।

    तीन महिनाअघि फिल्मको टाइटल गीत ‘फूल’को पूर्ण अंशसँगै विपिन र मिरुनाको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो ।

    फिल्ममा माओत्से गुरुङ, सुरज तमु, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपांगी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय हुनेछ ।

    फिल्ममा सुजन चापागाईं र कोविद बज्रको संगीत रहनेछ भने हर्क साउदको गीत रचना हुनेछ । फिल्ममा झुमा लिम्बूको पनि एउटा गीत छ । चिन्तनराज भण्डारीले फिल्म खिच्नेछन् । यो फिल्म आगामी असोज/कात्तिकमा प्रदर्शनको लक्ष्य राखिएको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend