Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तिलोत्तमा भ्यु टावरको लगानी बालुवामा पानी


२७, वैशाख २०८०
  • 145
    SHARES
  • तिलोत्तमा भ्यु टावरको लगानी बालुवामा पानी


    बुटवल। वार्षिक करिब ३६ लाख रुपैयाँ आम्दानी हुने अपेक्षाका साथ निर्माण गरिएको “तिलोत्तमा भ्यु टावर” हेर्दा चिटिक्ट पारिएको छ । जो कोहीलाई पनि बाहिरबाट देख्दा टावरमा चढेर दृश्यावलोकन गर्ने हुटहुटी नै जाग्छ । तिलोत्तमा नगरपालिका वडा न–१ शंकरनगरस्थित वनवाटिकामा निर्मित तिलोत्तमा बहुउद्देश्यीय भ्यु टावरको उद्घाटन एक वर्ष अगाडि गरिसकिएको छ ।

    सो क्रममा तिलोत्तमा नगरपालिकाका तत्कालीन नगरप्रमुख वासुदेव घिमिरेले बर्सेनि ३६ लाख रुपैयाँ आम्दानी दिने दाबी गरे । तर सोही भ्यु टावरको उद्घाटन भएको झण्डै एक वर्ष पुगिसक्दासमेत सञ्चालनमा आउन सकेको छैन । तत्कालीन मेयर हालका संघीय सांसद घिमिरेले दाबी गरेको भनाइअनुसार नगरपालिकाले ३६ लाख रुपैयाँ गुमाइसकेको छ । बर्षेनी लाखौं रुपैयाँ आम्दानी गुम्दै जाने योजनामा सरकारले हचुवाको भरमा बनाएको योजनाको हतारमा गरिएको उद्घाटन फगत बन्न पुगेको वनबाटिकामा घुम्न गएका बुटवलका देबेन्द्र राज पौडेलले बताए ।

    उनले भने, भौतिक संरचना त ठड्याइएको तर त्यसबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने कार्यविधि स्पष्ट रुपमा पूर्वनिर्धारित नगर्नाले अहिले निर्माण भइसक्दासमेत प्रयोगविहीन हुँदा पर्यटकहरु निराश हुन परेको जनाए । उनले आफू भ्यु टावर बनेको छ रे भनेर त्यहाँबाट दृश्य अवलोकन गरेर मनोरञ्जन गर्ने भनेर आएको तर सोचे जस्तो यहाँ तयार भएको रहेनछ भने ।

    स्थानीय पालिका तथा शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र वनबाटिकाले गरेको करोडौं लगानीको प्रतिफल पाउने आश कागलाई बेल पाक्यो हर्ष न विष्माद् जस्तै बन्न पुगेको छ । २०७४ साल चैत १५ गते शिलान्यास भएको भ्यु टावरको उद्घाटन ०७८ साल चैत १५ गते उद्घाटन गरिएको थियो । नगरपालिकाले आन्तरिक आम्दानीको स्रोतका लागि अपेक्षित गर्दै ११ तला भ्यू टावर निर्माणमा रकम खर्चिएको भए पनि शुरु गरेर आम्दानी लिन भने सकिरहेको छैन । 

    कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको भ्यु टावर १३४ फिट उचाइ रहेको छ । १२ जना अट्ने क्षमतासहितको लिफ्ट जडान गरिएको छ । उक्त भ्यु टावर सञ्चालनको जिम्मा अनुपम निर्माण सेवाले पाएको छ । १० वर्षका लागि लिजमा सञ्चालन सम्झौता गरेको पाइएको छ । सञ्चालन ठेक्का पाएका निर्माण सेवाका सञ्चालक टोपबहादुर रायमाझीले भवन निर्माण पूर्णरुपमा सकिएको तर बगैंचालगायत संरचनाको काम निर्माण कम्पनी ठेकेदारले सम्पन्न नगरेकाले सञ्चालनमा ढिलाइ भएको बताए । 

    २५ हजार १ सय २२ वर्गफिट क्षेत्रफलमा फैलिएको छ । भुइँतला ३ हजार ५ सय ९५ वर्गफिटमा छ । ८ वटा बाथरुमसहित सुविधाजनक कोठाहरु छन् । आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य बन्न सक्ने सो भ्यु टावर सञ्चालनमा नआउँदा पर्यटकीय क्षेत्र ओझेलमा परेको छ । रेष्टुरेन्टदेखि स्विमिङ पुल, बाल उद्यान लगायत रमणीय स्थल, डिपार्टमेन्टल स्टोर, लाइब्रेरी लगायतका संरचना सञ्चालन गरिने बताइएको छ । 

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend