Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आजबाट देशभर ‘पूजार सार्की’ र ‘फर्की फर्की’ रिलिज


१०, जेठ २०८१
  • 237
    SHARES
  • आजबाट देशभर ‘पूजार सार्की’ र ‘फर्की फर्की’ रिलिज

    काठमाडौँ । आजबाट देशभर फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएको छ । नयाँ फिल्म शुक्रबार मात्र रिलिज गर्ने परम्परा भएपनि बुद्ध जयन्तीको अवसर पारेर यी दुई फिल्म बिहीबारबाटै आएका हुन् ।

    सार्वजनिक प्रदर्शनमा आएसँगै दुवै फिल्मको परीक्षा सुरु भएको छ । ‘स्टार’को अभिनय रहेको यी दुई फिल्मको एकसाथ रिलिजलाई प्रतिष्ठाको लडाइँको रूपमा पनि हेरिएको छ ।

    इनिसियल व्यापार ‘स्टार’कै भरमा हुने भएकोले कतिपयले यसलाई स्टारडमको परीक्षा समेत भन्छन् । यी दुवै फिल्म दर्शकमाझ प्रतीक्षित छन् ।

    फिल्मको व्यवसाय पनि राम्रो हुने अनुमान गरिएको छ । ‘फर्की फर्की’ सुयोग गुरुङको निर्देशन रहेको फिल्म हो भने ‘पूजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् ।

    ‘फर्की फर्की’ :

    अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म हो । निर्देशक गुरुङकै लेखन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । अनमोल र जसिताको अलावा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय फिल्ममा छ ।

    फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रूपमा छन् । फिल्मले टाइम लुपको कथालाई उठान गरेको छ ।

    पुजार सार्की’ :

    प्रदीप खड्का, आर्यन सिग्देल, पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’मा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ ।

    फिल्मको बिहीबार बिहान सिभिल मल स्थित क्युज चलचित्र भवनमा प्रेस शो गरिएको थियो । प्रेस शो मा फिल्म मनपरेको प्रतिक्रिया धेरैले दिए ।

    विकास सुवेदीको लेखन रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बनेको हो । सुवाश भुसालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी र हिमाल केसीको द्वन्द्व छ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend