काठमाडौं । सांगीतिक कार्यक्रमका लागि रोमानिया पुगेका कलाकार प्रकाश सपुतमाथि बोत्तल प्रहार भएको छ । सपुत माथि रोमानियाको एक कन्सर्टमा गीत गाइरहेका बेला बोत्तल प्रहार भएको हो ।
रोमानियामा आयोजित 'याद नेपाली म्युजिक फेस्टिभल-२' मा आइतवार गीत गाइरहेका बेला उनीमाथि दर्शक दीर्घाबाट अज्ञात व्यक्तिले बोत्तल प्रहार गरिएको भिडियो समेत सार्वजनिक भएको छ ।
गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए ।