बुटवल । एडमण्ड सिटी हस्पिटल बुटवल र सुशील कोइराला स्मृति प्रतिष्ठान रोल्पाले रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका र सुनिलस्मृति गाउँपालिकाका विभिन्न भूगोलमा भएको आगलागीका प्रभावितहरुको निःशुल्क उपचार गर्ने भएको छ ।
अस्पतालबाट उपलब्ध स्वास्थ सेवा प्रदान गर्नको लागि बिहिबार दुईपक्षीय सहमत भएकाले एक वर्षसम्मका लागि आपसी समझदारी भई निम्न सर्तहरू पालना गर्ने गरी सम्झौता गरिएको छ ।
शर्तहरू
१. प्रस्ताव र स्वीकृति :
यस निःशुल्क स्वास्थ सेवा सम्झौता पश्चात रोल्पा जिल्ला लुंग्री गाउँपालिका वडा नं १ पाङ रिरिप र रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिका वडा नं २ खुङ्ग्रीका अग्नि प्रभावित क्रमशः ८ र ३ घरपरिवारका सदस्यहरुले निर्धारित सर्तको अधीनमा रही निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।
२. करारको अवधि :
यो करारनामा करार सम्झौता भएको मितिले १ वर्षको लागि मात्र मान्यता हुनेछ ।
३.उपचारको प्रकृया :
कः सम्बन्धित वडा तथा स्थानीय तहको सिफारिस पत्र
ख: अग्नि पीडित भएको प्रमाण खुल्ने कागजात
ग: बिरामीको परिचय पत्र वा नागरिकता
४.उपलब्ध सेवाहरु
क: यस अस्पतालबाट प्रदान हुने औषधी बाहेकका सम्पूर्ण उपचार सेवाहरु निःशुल्क हुनेछन् भने खान बस्नको व्यवस्था स्वंम आफैंले गर्नुपर्ने छ ।
ख: समय र आवश्यकता अनुसार केही कुराहरू परिवर्तन गर्नुपरेमा आपसी दुईपक्षीय समझदारीबाट गरिनेछ ।
गुणस्तरीय उपचार प्रदान गर्न एडमण्ड सिटी हस्पिटल बुटवल र सुशील कोइराला स्मृति प्रतिष्ठान रोल्पाले उल्लेखनीय शर्तहरू पालना गर्ने प्रतिबद्धता जनाएका छन ।
एडमण्ड सिटी हस्पिटल प्रा.लिका तर्फबाट सुचना तथा जनसम्पर्क अधिकारी मुक्ति काफ्ले र सुशील कोइराला स्मृति प्रतिष्ठान, रोल्पाका तर्फबाट अध्यक्ष योगेन्द्र अनुपम जि.सी ले प्रतिबद्धता जनाएका हुन ।
