काठमाडौँ । न्याय सेवा आयोगले तीन जनालाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयका कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली, सर्वोच्च अदालतका सह-रजिष्ट्रार यमबहादुर बुढा मगरलाई न्याय परिषद्को सचिवमा र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रिक्त रजिष्ट्रार पदमा बढुवा गर्ने निर्णय गरेको हो ।


