Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोलियो रोगविरुद्धको 'आईपीभी' खोप अभियान आजदेखि, ढुक्क भएर लगाउन आग्रह


१३, जेठ २०८१
  • 218
    SHARES
  • पोलियो रोगविरुद्धको 'आईपीभी' खोप अभियान आजदेखि, ढुक्क भएर लगाउन आग्रह

    काठमाण्डाै – सरकारले आजदेखि पोलियो रोगविरुद्धको 'आईपीभी' खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए ।

    अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।

    पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ । पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई सङ्क्रमित बनाउने गर्छ । पोलियोको भाइरस घाँटी र आन्द्रामा हुन्छ ।

    सङ्क्रमित एक व्यक्तिबाट अर्कोमा पनि फैलिन्छ । रोग लागिसकेपछि उपचार छैन, त्यसैले पोलियो रोगविरुद्धको खोप लगाउनु आवश्यक रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो ।

    नेपालमा सन् २०१० यता पोलियो रोग देखिएको छैन । तर आजदेखि सरकारले पोलियो रोगविरुद्धको 'आईपीभी' खोप अभियान शुरु गर्दैछ । यसको मुख्य कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका आईपीभी खोप लगाउन छुट्नु हो ।

    विश्वव्यापी रूपमा अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप लगाउन पाएका थिएनन् । त्यस बेला खोप नपाएका बालबालिकामा भोलिका दिनमा पनि पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।

    डा. गौतमका अनुसार पाकिस्तान, अफगानिस्तान, दक्षिण अफ्रिकालगायतका देशमा पोलियो रोगी छन् । ती देशबाट नेपालमा आउनेहरूबाट जोखिम हुन सक्छ । त्यसबाट विगतमा खोप लगाउन छुटेका बालबालिका उच्च जोखिममा छन् ।

    सरकारले अबको दुई वर्ष अर्थात् सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । त्यसैअनुसार नियमित खोप कार्यक्रमअन्तर्गत जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो खोप दिने गरिएको छ । पोलियो थोपा मुखबाट खुवाइन्छ भने आईपीभी सुईबाट दिने गरिन्छ ।

    २०७३ देखि २०७५ असोजसम्म बीचमा छुटेकाबाहेक अरू जसले आईपीभी खोप लिइसकेका छन् उनीहरूले अहिले लगाउनुपर्दैन ।

    सरकारले दिने अनि निःशुल्क पाइने आईपीभी खोपबाट सामान्य दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने वा हल्का ज्वरो आउनेबाहेक बालबालिकामा अरू कुनै असर नगर्ने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउनुहुन्छ । यो खोप सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई लगाउन उहाँको सल्लाह छ ।

    पोलियो रोगको सङ्क्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय खोप हो । आजदेखि शुरु हुने दुई हप्ते अभियानअन्तर्गत विगतमा छुटेका बालबालिकालाई स्कुल–स्कुल तथा नजिकको स्वास्थ्य संस्थामा खोप दिने तयारी छ । त्यसैअनुसार चासो राखेर सोधिखोजी गरी आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाई सरकारको अनुरोध छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend