Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

क्यानाडामा रहँदा पनि नेपालको उत्तिकै माया


१५, जेठ २०८१
  • 1,961
    SHARES
  • क्यानाडामा रहँदा पनि नेपालको उत्तिकै माया

    एउटा अन्तरवार्तामा डा.महाविर पुनको कुरा सुन्दा हाम्रो नेतादेखि कम्पारो तातेर आयो । केहि गर्छु भनेर आउनेलाई सहयोग नै नगर्ने आखिर केका लागि बनेका नेता हुन ? वर्तमानमा उदाएका नयाँ पार्टीका केही नेताहरुको सुझाव र विकासका पुर्वाधार प्रस्तुती गरेको देख्दा नेपालमा अब केही परिवर्तनको सुरुवात भने पक्कै हुने देखेको छु ।

    पुराना राजनितिक दलहरु राष्ट र जनताप्रति जिम्मेवार नहुदाँ मुलुकमा पटक पटक अन्यौलता पैदा भईरहेको छ । यसले गर्दा मुलुकको विकास निर्माण र सुशासनमा बाधा उत्पन्न भएको छ । स्वर्ग जस्तो हाम्रो देश नेपाललाई खराब नेतृत्वले गर्दा कुरुप मार्गतर्फ धकेलिरहेको छ ।

    त्यसैले पुराना पार्टीहरुले अब नयाँ पिढीहरु सङ्ग सिक्नुपर्छ । व्यक्तिगत कुराको मतलब नगरी अब नयाँ नेपाल बनाउन सहयोग गर्नुको विकल्प छैन। सासंद, सुमना, तोसिमा र सोबिता आशा लाग्दा नेता हुन, एकदिन यिनैमध्ये एकले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको खाता खोल्ने छन ।

    कहिले काँही मलाई पनि केही खुलदुली लाग्छ र आफ्नो विचार राख्दछु , हो सरकारी मातहतका कर्मचारीहरु राजनितिक मुक्त भए , सोही कुरा मन्त्री ज्यु ले नै अगाडि बढाउनुभएको प्रस्तुती देख्दा एकदमै आशा लाग्दो छ । नेता होस या कुनै सामाजिक कार्यकर्ता, इच्छाशक्ति भए कुनै पनि सामाजिक तथा विकासका काम गर्न पद चाहिन्न, म भए यस्तो गर्छु, उस्तो गर्छु भन्ने बेकार कुरा हो ।

    मेरो आफ्नो तरिका अरुको भन्दा भिन्नै हुन्छ, छिट्टै नै क्यानडामा पहिलो मिनि नेपाल , दोस्रो यातायात सवारी बसद्वारा भ्रमण बर्ष 2020 ,तेस्रो अहिले भन्दिन यो अर्को आश्चर्य चकित पार्ने योजना हो । त्यस्तै नेपालको परिचय दिदैँ क्यानाडामा लरी चलाईरहेको छु । क्यानाडामा बस्ने ३५ हजार नेपालीलगायत विभिन्न देशका नागरिकहरु र सम्बन्धित निकायहरुसँग आफनो गतिविधीहरुलाई परिचित गराउन आफु सफल भएको महसुस गरेको छु ।

    नेपालमा यौन स्वास्थ्य महिनावारी सम्बन्धी कुसंस्कारको अन्त्य गरी सामाजिक जनचेतना जगाउने उद्देश्यले सामुदायिक विद्यालयमा पढ्ने किशोर किशोरीको स्वास्थ र महिनावारी सम्बन्धी सचेतना कार्यक्रममा क्यानडा नेपाल पर्यटन तथा ब्यापार केन्द्रमार्फत ७ वटै प्रदेशमा कार्यक्रमहरु सन्चालन गरेको छु । 

    क्यानाडामा रहेर नेपालको पर्यटन,शिक्षा,स्वास्थ्य र समाजसेवा गर्दै नेपाल क्यानडा पर्यटन दुतको रूपमा विगत लामो समयदेखि काम गरिरहेको छु ।

    (लेखक नरबहादुर टण्डन विगत दुई दशकदेखि क्यानाडामा रहदैँ आउनुभएको छ ।)

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend