Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेकपा एमाले सचिवबाट टोपबहादुर रायमाझी निलम्बित


२७, वैशाख २०८०
  • 150
    SHARES
  • नेकपा एमाले सचिवबाट टोपबहादुर रायमाझी निलम्बित

    काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी निलम्बित भएका छन् । उनलाई एमालेले सचिवबाट निलम्बन गरेको हो । एमालेले विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ । मंगलबार भएको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । तर उनले अहिलेसम्म आत्मसमर्पण गरेका छैनन् । गत साता बुधबार गृहजिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएर काठमाडौं आउने भनेर आउँदै गरेका रायमाझी भैरहवा आएर बेपत्ता भएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आफैँ आत्मसमर्पण गर्न आउने बताएका थिए । 

    तर आफूलाई निर्दोष बताएर फरार भएपछि उनीमाथि विभिन्न आशंका उब्जिएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटकम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रायमाझीलाई नियन्त्रणमा नलिन दबाब दिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने योजनाका मुख्य योजनाकारमध्ये एक भएको निष्कर्ष निकालेको छ । रायमाझीका छोरा सन्दीप गत बिहीबार रुपन्देहीमा पक्राउ परेका थिए ।

    निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेपछि रायमाझीको विषयमा निर्णय लिन एमालेमाथि दबाब परेको हो ।  यसअघि एमालेले माओवादीबाट आएकाहरुलाई प्रचण्डले रिस पोखेको निष्कर्ष निकाल्दै पक्राउ नगर्न दबाब दिएको थियो । प्रचण्डले भने भ्रष्टाचारविरुद्ध यो ट्रेलर भएको भन्दै फिल्म देखाउन बाँकी रहेको बताउँदै आएका छन् । 

     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend