Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टिकुलीगढमा खानेपानीको हाहाकार, वडा अध्यक्षद्धारा ट्यांकरबाट पानी वितरण 


१२, असार २०८०
  • 1,109
    SHARES
  • टिकुलीगढमा खानेपानीको हाहाकार, वडा अध्यक्षद्धारा ट्यांकरबाट पानी वितरण 

    बुटवल । लामो खडेरीका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१४ टिकुलीगढमा यतिवेला खानेपानीको हाहाकार भएको छ । असारको आधा महिना हुँदा समेत पानी नपरेपछि पानीका मुहान सुक्न पुगेका छन् । जसका कारण स्थानीयहरुका घरमा भएका चापाकलहरुमा पानी आउन छोडेपछि खानेपानीको चरम समस्यामा परेको स्थानिय यमवहादुर विष्ट बताउँछन् । 

    उनि भन्छन्, म अहिले ६० बर्ष पार गरे तर यस्तो पानीको अभाव खेप्न परेको थिएन । अहिले अत्यधिक गर्मी भएकाले पानीका मुहान सुके, गाउँमा रहेका तालतलिया मासेर जनघनत्वका कारण बस्ति बाक्लो हुँदै गएको र स्थानीय खोलाहरु पनि गहिरिदै गएकाले झन समस्या पर्दै गएको वताए ।

    बागधुरा, देविनगर, टिकुलीगढ, तिनधुरा, दुर्गानगर, केबट टोल, पटेरी डाँडा र पटेरी टोलका करिव एक हजार घरधुरीका स्थानीयहरु पानीको चरम समस्या खेप्दै आएका वेला तिलोत्तमा नगरपालिका-१४ का वडाध्यक्ष अस्विन पौडेलले नगरपालिकाको ट्यांकरबाट खानेपानी गाउँगाउँमा पुर्‍याउन थालेका छन् । वडा कार्यालयको कामलाई समय मिलाउँदै स्वयम् आफै पानीको ट्यांकर लिएर स्थानीयहरुको घरघरमा पुगेर सेवालाई तीव्रता दिदै आएका छन् ।

    वडाध्यक्ष भन्छन्, कोहीकसैलाई खानेपानीको समस्या परेमा आफुलाई अथवा वडा कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गर्दै टिकुलीगढमा निर्माणाधीन अवस्थामा रहेको खानेपानी ट्यांकीको निर्माणका लागि प्रदेश र संघीय सरकार सँग लविङ गर्दै आएको वताए ।

    खानेपानीको चरम समस्या खेप्दै आएका स्थानीयहरु वडाध्यक्षको पहलमा ट्यांकरबाट पानी पाएपछि ठूलो राहत मिलेको बताउँछन् । हामी त अब पानी पनि खान नपाएर मरिने भैयो भनेर आत्तिएका थियौं । यहि समयमा वडाध्यक्ष ज्युले स्थानीयहरु छट्पटाईरहेका बेला पानी वितरण गरेर बाँच्ने सास बचाईदिनु भयो । स्थानीयहरु भन्छन् । दैनिक २४ हजार लिटर पानी वितरण हुँदै आएको बताईएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend