Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

६१ जिल्लामा पुग्यो डेंगु


१८, जेठ २०८१
  • 215
    SHARES
  • ६१ जिल्लामा पुग्यो डेंगु

    काठमाडौं - डेंगु संक्रमण यो वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा संक्रमण पुष्टि भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेंगु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यो वर्ष डेंगुको सङ्क्रमण तीव्ररूपमा फैलिएको बताए। उनका अनुसार जनवरीयता एक हजार सात संक्रमित भेटिएका छन्। 

    नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो। सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४ र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु पुष्टि भएको थियो। महाशाखाका अनुसार सन् २०२२ मा नेपालमा डेंगुबाट ८८ र सन् २०२३ मा २० जनाको मृत्यु भयो। 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। डा. दाहालले डेंगु नियन्त्रणमा शिक्षा, खानेपानी, वन, स्थानीय, विभिन्न सङ्घ संस्थाको भूमिका हुने बताए।

    उनले डेंगुको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरसफाइमा ध्यान दिनुपर्ने उनले बताए। डेंगुको जोखिम हुने जिल्लाको पहिचान गरेर लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको जानकारी पनि उनले दिए।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend