काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण बजारमा सेलाउन नपाँउदै सरकारले फेरी ललिता निवास प्रकरण बाहिर ल्याएको छ । सोही प्रकरणमा अनुसन्धान ब्युरो (सीआईबी)ले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ७ पुगेको प्रहरीले जनाएको छ । हालसम्म सोही प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, खरिदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।