Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतमा बंगलादेशका सांसदको हत्या, नेपालबाट एकजना पक्राउ


२०, जेठ २०८१
  • 276
    SHARES
  • भारतमा बंगलादेशका सांसदको हत्या, नेपालबाट एकजना पक्राउ

    काठमाडौं - बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका एक जनालाई नेपालबाट पक्राउ गरिएको छ। 

    हत्याका मुख्य अभियुक्त सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ। उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए। मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो। 

    नेपालबाट पक्राउ परेका भनिएका हुसेन सांसदको हत्या लगत्तै काठमाडौं गएको हल्ला चलेको थियो। उनी गत बिहीबार नै पक्राउ परेको समाचारमा उल्लेख छ ।
    हुसेनको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको बताइएको छ।

    ढाका महानगरीय प्रहरीको डिटेक्टिभ ब्रान्च (डीबी)को चार सदस्यीय टोली शनिबार बिहान नै ढाकाबाट काठमाडौंतर्फ प्रस्थान गरेको ढाका ट्रिब्युनले उल्लेख गरेको छ। 

    सांसद अनारको हत्यामा संलग्न रहेको आरोप लागेका अन्य अभियुक्त पनि हत्यापछि नेपाल आएको आशंका गरिएको छ।

    सांसद अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन्। उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ बाट चुनाव जितेका थिए।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend