बुटवल । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा विहिवार सरकारले दिएको सार्वजनिक विदाको दिनमा पनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नागरिकलाई सेवा विस्तार गर्ने भएको छ । नागरिकको अत्याधुनिक कागजात अन्र्तगत पर्ने नागरिता र राहदानीलाई निरन्तरता दिने गरी विदाको दिनमा पनि कार्यालयबाट सेवा दिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् ।
प्रजिअ पाण्डेले भने, हामी जनताका सेवक हौं, त्यसैले जनताका अत्यावश्यक कार्य नागरिता, बसाईसराइँ, जन्म तथा मृत्युदर्ता प्रमाणपत्र लगायतका कुराहरुलाई ध्यानमा राख्दै विदाको दिनमा पनि काम नरोकियोस् भनेर सार्वजनिक विदाको दिनमा पनि सेवा कार्यलाई बन्द नगर्ने गरी नागरिकको सेवामा दृढ रहेको बताए ।
उनले, कार्यालयमा पछिल्लो समय नागरिकता विधेयक पास भएपछि सबैभन्दा धेरै जन्मको आधार नागरिकता बनाउनेहरु आउने गरेको जनाए ।