Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धिको इन्ट्री


२३, जेठ २०८१
  • 220
    SHARES
  • ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धिको इन्ट्री

    काठमाडौँ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रूपमा विजय बराल र बुद्धि तामाङ भित्रिएका छन् ।

    निर्माण युनिटले सोमबार बराल र तामाङसँग सम्झौता गर्दै कलाकारको लाइनअप बलियो बनाएको हो । यसअघि फिल्मको मुख्य भूमिकाको लागि प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भएका थिए ।

    फिल्म विनोद पौडेलले निर्माण गर्न लागेका हुन् । फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसी रहेका छन् । सरोज पौडेलले निर्देशन गर्न लागेको फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्मको अन्तर्राष्ट्रिय वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्दैछ ।

    फिल्ममा विनोदलाई निर्माणमा प्याट्रिक सुवेदीको सहकार्य गर्दैछन् । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ । फिल्मको प्रदर्शन मिति विं.सं.२०८२ सालभित्र भनिएको छ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend